छाउगोठ भत्काउन गएका प्रहरीमाथि हातपात गर्ने महिला पक्राउ

अछाम, अछाममा प्रहरीमाथी हातपात गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका ३ स्थित धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलिमाथी हातपात गर्ने स्थानिय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साउदको प्रहारबाट प्रहरी हवल्दार धन बहादुर कैलाको मेरुदण्डमा चोट लागेको छ । हवल्दार कैलाको स्थानिय स्वास्थ चौकिमा उपचार पछि प्रहरी चौकी जयगढ पठाईएको छ ।

शनिबार साउदलाई नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार महिलालाई सार्बजनिक अपराध अन्तर्गत मुद्दा चलाइने छ । प्रहरिले हाल सम्म जिल्लाभर गरेर ४ हजार ७ सय बढी छाउगोठ भत्काई सकेको छ ।