सरकारले छाउगोठ हैन् छाउ मानशिक्ता भत्काउने अभियान शुभारम्भ गरोस – अध्यक्ष खड्का

बान्नीगढ़ी जयगढ़ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सरकारले छाउपढि प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउनु भन्दा छाउले भरीएको मन भत्काउने अभियान थाल्नुपर्ने बताएका छन । अध्यक्ष खडकाले सरकारले छाउगोठका नाममा ऋण गरेर बनाएका घर भत्काउनु भन्दा चेतनास्तर कायपलट गर्ने अभियान ल्याउनुपर्ने बताए छन ।

छाउगोड भन्दा पहिला चेतनास्तरको बिकास गर्दै छाउमन भत्काउनु पर्ने जिकिर समेत गरे । कुसे टेलभिजनको कार्यक्रम कुसे सम्बादमा कुरा गर्दै अध्यक्ष खडकाले गाउँपालिकाको बिकासको लागि कुनै कसुर बाँकी नराख्ने दाबी गरेका छन । उनले पछिल्लो समय भनेजस्तो पैसा नदिए मिडियाकर्मीहरु नकरात्मक रुपमा लाग्ने आरोप समेत लगाएका छन ।

हेर्नुस कुराकानी (भिडियोसहित)