साउथह्याम्पटन विरुद्ध लिभरपुलको शानदार जित

काठमाडौं, इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले मोहमद सल्लाहको २ गोलको मद्दतमा साउथह्याम्पटनबिरुद्ध शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।

खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । ६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४(० को जित दिलाएका हुन् ।

जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । र, लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।
जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको किर्तिमान पनि बराबरी गरेको छ । यस अघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो