आत्मसमर्पण गरे एसएसपी राणाले
काठमाडौँ , धरानकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्रीले एसएसपी राणा जिप्रका सुनसरी पुगेर आत्मसमर्पण गरेको पुष्टि गरे ।
गृह मन्त्रालयले एसएसपी राणालाई बिहिबार निलम्बन गरेको थियो । निलमबन गरेको भोलिपल्ट राणाले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको भन्दै जिप्रका सुनसरीमा जाहेरी दिएकी थिइन् । हाल एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैरियसमा कार्यरत थिए । प्मुख रहेकै बेला राणा निलम्बनमा परेका थिए । एसएसपी राणा २०४९ सालबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
एसएसपी राणामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

