नेपालगञ्जमा चलिरहेको अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न

नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा भएको अन्तर सकांय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार देखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा क्याम्पसका सम्पुर्ण संकायबाट छात्र तर्फ १२ र छात्रा तर्फ ५ टिम गरि जम्मा १७ टिमले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा छात्रा तर्फ बिबिएस प्रथम, बिए द्वितीय र बिबिए ग्रुप बि ले तृतीय स्थान हात पारेका छन। त्यसैगरी छात्र तर्फ बिए प्रथम, बिएसी द्वितीय र बिबिएसले तृतीय स्थान हासिल गरेको छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ बिबिए कि सोनु थापा बिए कि सुजिता गुरुङ र बिएडकी करिश्मा मल्ल भइन भने छात्र तर्फ बिएका कपिल चौधरी र एमबिएसका महेश सिंह एरि भए ।