नोबेल कलेज कोहलपुरले नबआगुन्तुक बिद्यार्थीलाई यसरी गर्यो स्वागत

कोहलपुर,बाँके कोहलपुरमा रहेको नोबेल टेक्निकल एण्ड मेडिकल साइन्र्स कलेजले नव आगन्तुक बिद्यार्थीलाई बिशेष कार्यक्रमका साथ स्वागत गरेको छ । बाँकेका कोहलपुरमा रहेको नोबल टेक्निकल एण्ड मेडिकल साईन्स कलेज प्रालिले शैक्षिक शत्र २०७६।०७७ का विध्यार्थीहरुलाई एक कार्यक्रम गरेर स्वागत गरेको हो ।

कलेजका संचालक रत्न बहादुर चन्दको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यार्थीहरुले नयाँ र प्राबिधिक शिक्षाको महत्वको बिषयमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमममा बोल्दै प्रमुख अतिथि रहेका चन्दले नयाँ र बैज्ञानिक शिक्षाको बाटोमा आफु लागि परेको भन्दै बिद्यार्थीहरुलाई पुर्ण सन्तुष्टीको बाटोमा बढेको बताएका थिए । उनले कलेजले नयाँ कार्यक्रमहरु समेत तय गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायीक तालीम परिषद् ५ नं प्रदेश कार्यालय उप प्रमुख श्री अम्बर घर्ती मगर विषेश अतिथी ईलाका प्रहरी कार्यालयका डिएसपी श्री कुलदिप चन्द अतिथी नेकपाका प्रदेश सदस्य तथा युवा नेता नरेन्द्र न्यौपाने नोबल टेक्निकल एण्ड मेडिकल साईन्स कलेज प्रालिका संचालक श्री मान बहादुर मल्ल नेकपा बाँके जिल्ला कमिटी सदस्य श्री चक्रमिलन चन्द नोबल टेक्निकल एण्ड मेडिकल साईन्स कलेज प्रालिका संचालक तथा अनेरास्वीयू केन्द्रय सदस्य श्री राजेन्द्र विष्ट कर्णाली बाँके विध्यार्थी सम्पर्क मञ्च का अध्यक्ष श्री टोपराज जैसी बरिस्ठ उपाध्यक्ष श्री राजेश वलिको उपस्थीति रहेको थियो ।

त्यस्तै कार्यक्रमको संचालन प्रशिक्षक श्री विवेक मल्ल गरेका थिए ।  कार्यक्रम विध्यार्थीहरुले विभिन्न सास्कृतीक मनोरन्जन गरि कार्यक्रमको सोभा बढाएका थिए । २०७१ सालमा प्राविधिक शिक्षा तथा व्यावसायीक तालीम परिषदबाट सम्बन्धन स्वीकृती लियर ल्याव असिस्टेन्ट सिभिल सव ओभरसियर र भेटेरीनरी जेटिए १८ महिने कार्यक्रम संचालन गदै आएको छ ।