नर्सभित्र देखिएको आमाको रंग

दुख पीडाभित्र पनि हास्न उत्प्रेरित गर्न सक्ने क्षमता एक असल आमा र नर्ससंग हुन्छ । बुझ्नेले बुझ्न सक्छन् हासो भित्रको पीडा र पीडा भित्र लुकेको अथाह बेदना । हरेक मान्छेभित्र एक डरको चिहान हुन्छ । त्यो चिहान मसानघाट मात्र हैन मन पनि हो । धेरै मान्छे कमजोर मुटुका हुन्छन् र हरेक मान्छे हस्पिटल पुग्दा जिन्दगी मृत्यु सैयमा छट्पटीमा बाचिरहेका हुन्छन् ।

तिनै कंकाल मनहरुलाई हाँसी हासिँ प्रकृतिको मल्हम लगाउन तल्लीन हुन्छन् नर्स । त्यो हाँसो र मुस्कान नै हस्पिटलमा पाइने औसधि भन्दा लाखौंलाख गुणा अमुल्य हुन्छ । हरेक बिरामीले तिनै नर्सलाई भगवान र एक असल आमा देखिरहेका हुन्छन् । कुनैबेला मलाई याद छ वैदेशिक रोजगारी को शिलसिलामा मलेसिया पुग्दा बिरामी ले थला परेको थिएँ ।

पैसा मात्र भएर केही गर्न सकिदैन यो संसारमा जब कि स्वस्थ जिन्दगी छैन भने । एक्लै बेडमा छटपटाई रहेको बेलामा आफ्ना र आफन्तको नाम समेत सुनिदैन थियो । त्यस बेला मलाई खाना पानी र औसधि खुवाउने नर्स भित्र मैले आमा देखेको थिएँ । त्यसैले हरबखत सम्मान गर्छ यो मनले नर्सलाई ।

त्यो हाँसो र मुस्कान नै हस्पिटलमा पाइने औसधि भन्दा लाखौंलाख गुणा अमुल्य हुन्छ । हरेक बिरामीले तिनै नर्सलाई भगवान र एक असल आमा देखिरहेका हुन्छन् । कुनैबेला मलाई याद छ वैदेशिक रोजगारीको शिलसिलामा मलेसिया पुग्दा बिरामीले थला परेको थिएँ । पैसा मात्र भएर केही गर्न सकिदैन यो संसारमा जब कि स्वस्थ जिन्दगी नै छैन भने । एक्लै बेडमा छटपटाई रहेको बेलामा आफ्ना र आफन्तको नाम समेत सुनिदैन थियो त्यो मरुभूमिको सहरमा ।

त्यसबेला मलाई खाना पानी र औसधि खुवाउने नर्स भित्र मैले आमा देखेको थिएँ । त्यसैले हरबखत सम्मान गर्छ यो मनले नर्सलाई । हरेक नागरिक भित्र एक न एक रोग अबस्य नै हुन्छ । त्यो रोग सबै औसधि खाएर मात्र निको हुदैनन् । कयौं रोग मान्छेको मुस्कान बाट पनि पन्छाउन सकिन्छ भन्ने तथ्य बैज्ञानिक हरुले पत्ता लगाएका कुरा पत्रपत्रिका मार्फत धेरै पढेका छौं । तसर्थ पबित्र मन, प्रेम पुर्बक भवना, र सत्कारपुर्ण मुस्कान दिन सक्यौं भने धेरैको जिबनमा नर्स बन्न सक्छौ ।