मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर आफ्नै घरमा ज्यान गुमाएका डगौँराको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए।