विश्वविद्यालय प्रदेश सरकारको प्राथमिकतामा पर्छ : उपसभामुख घर्ति

सुर्खेत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ति मगरले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उन्नतिका लागि कर्णाली प्रदेश सरकारले प्रथामिकतामा राख्ने बताएकी छिन् ।मध्यमश्चिम विश्वविद्यालयका नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा बृहत सास्कृतिक कार्यक्रममा उनले उक्त कुरा वताएकी हुन् ।

साथै, उनले बिश्वबिद्धालय उच्च स्तरको जनशक्ति उत्पादन गर्ने विद्याको थलो भएकोले सरकारले यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।

त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालय छात्रा एकता समाजकी सल्लाहकार तिर्सना हमालले विश्वविद्यालयको सस्थागत गर्न एकातिर सवैको काधमा भएको भएपनि आधारभुत व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताइन् ।

उनले विश्वविद्यालयले शौचालय सहितका साना-साना बिषयमा पनि ध्यान दिन जरुरी रहेको उनले बताइन् ।
साथै,आधारभुत व्यवस्थापन विना शैक्षिक गुणस्तर बलियो नहुने वताउदै यस बिषयमा विश्वविद्यालय प्रशासन, शिक्षक विद्यार्थी र कर्णाली प्रदेश सरकार सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

छात्रा एकता समाजका अध्यक्ष ममता खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि विश्व विद्यालयका डिन अनन्तराज घिमिरे, देवबहादुर खडका सहितका विभिन्न प्राध्यापकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।