जयगढ बजारमा चोरको बिगबिगी, एकै रात ३ पसलबाट चोरी

अछाम, बान्नीगढी जयगढ गाउँपालिकाको कुर्सी जलाईएको महिना दिन नपुग्दै जयगढ बजारका ३ वटा पसलमा एकै रातमा चोरी भएको छ ।मँगलवार राती १० बज्नु अगावै चोरी भएपछि सुरक्षाको अनुभुती नभएको त्यहाका स्थानिय व्यापारीहरुले बताएका छन ।

जयगढ बिच बजारमा रहेको पँकज मेडिकलबाट नगद ३० हजार सहित केहि औषधी, स्वस्तिका स्टेसनरी पसलबाट केहि थान कितावहरु र बस पार्कमा रहेको फ्रेस मासु पसलबाट ३ हजार नगद चोरी भएको व्यापारीहरुले बताएका छन ।
यता जयगढ बचत तथा ऋण सहकारी सँस्थामा पनि चोरीको प्रयास गरिएकोमा स्थानियले उज्यालो बाल्दा चोरहरु भागेको सहकारीका अध्यक्ष रतन बहादुर साउँदले बताए । पँकज मेडिकलमा पसलको ताला फोडेर ३० हजार बढि नगद र केहि औषधी चोरी गरेका हुन । पैसा राखीएको गल्लामा नक्कली साँचोको प्रयोग गरि चोरी गरिएको खुलेको छ ।

गत बर्ष पनि जयगढ बजारमा चोरी गरिरहेकै क्रममा प्रहरीले चोरहरु समात्न सफल भएको थियो । यसरी पटक पटक चोरी हुन थालेपछि व्यापार व्यवसाय सँचालन गर्न पनि डर लाग्न थालेको पँकज मेडिकलका सँचालक शुसीला खत्रीले बताइन ।
यस्तै स्वस्तीका स्टेशनरी पसलका सँचालन कृष्ण शेट्ठिले स्टेशनरी पसलको ताला फोडेर केहि पुस्तकहरु चोरी भएको बताए ।

जयगढ बजारमा पछिल्लो समय अपराधीक कृयाकलाप बढ्दै गएको प्रति स्थानियले चिन्ता व्यक्त गरेका छन । जयगढ बजार व्यवस्थापन समितिका सचिव चन्द्र सीँह लुहारले पटक पटक चोरीका घटना हुनुले जयगढ बजारमा सुरक्षा सतर्कता अपनाउनु जरुरी देखीएको बताए । एकै दिन बिभिन्न पसलमा चोरी भएसँगै बजारको सुरक्षाका लागी चौकिदार तथा रात्री प्रहरी बिट स्थापना गर्न जरुरी देखीएको उनके भनाई छ । यता प्रहरी चौकि जयगढले चोरी गर्ने गीरोहको खोजी गर्न अनुसन्धान सुरु गरिएको जनाएको छ ।