आक्रोसित भिडमाथि प्रहरीले गोलि बर्सायो, पाच जना घाईते

सुर्खेत, विरेन्द्रनगरको मूलपानी चोकमा टिपरको ठक्करबाट मंगलबार बिहान २० वर्षीय केशर सिंहको मृत्यु भएपछि आक्रोसित भएका परिवार र स्थानियको भिडमाथि प्रहरीले गोलि चलाउदा पाच जना घाईते भएका छन् ।घाईते हुनेमा जुम्लाकाका महेश गौतम, दैलेखका १६ बर्षिय हितेश कुमार शाही, कृ्ष्ण थापा, गोकुल गिरी, र कालिकोटका कमान सिहं रहेका छन् ।

मूलपानी चोक नजिकै भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको च्यापेर मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले बजार बजार बजार क्षेत्र बन्द गराउनुका साथै टायर बालेर बिहान देखी प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीको अवरोधका कारण सवारी साधनसमेत चल्न सकेका छैनन्। साथै विद्यालय गएका बालबालिका समेत घर फर्किन सकेका छैनन् । चालकक लापर्वाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेर धर्ना दिरहेका छन् ।

उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। अहिले अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।