तनाबमा सुर्खेत,आतंक टिपरको

वीरेन्द्रनगर, वीरेन्द्रनगरमा टिपरको ठक्करबाट मंगलबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंह रहेका छन् ।टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीको अवरोधका कारण सवारी साधनसमेत चल्न सकेका छैनन्। चालकक लापर्वाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेका छन्।

उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। अहिले अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

वीरेन्द्रनगरको मूलपानी चोक नजिकै भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो। प्रत्यक्षदर्शीका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसारेको थियो।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

सरोकारवाला निकाय मौन

टिपरको आतंकबाट घटेको यो नौलो घटना भने हैन् । देशैभर यस्ता खालका घटना दिनहु घट्ने गर्छन । पछिल्लो समय टिपरको ठक्करबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय सडकमा तीव्र गतिमा हुइँकिने सवारी मध्य टिपर अग्र स्थानमा छन् ।

हाल सम्म टिप्पर आतंकबाट धेरै संख्यामा मानिशहरुको अकालमै ज्यान गए पनि सम्बन्धित सरोकारवाला निकाय भने मौन देखिन्छ ।

राज्यले यतायात क्षेत्रमा आवस्यक निति तथा कानुन नवनाउदा यस्ता घटनाले निरन्तरता पाइरहेको स्थानियको गुनासो छ ।साथै ट्राफिक नियमको पालना नगरी बजारी क्षेत्रमा पनि तिव्र रुपमा सवारी हाकनुले यस्ता खालका घटनाले निरन्तर्ता पाइराखेका छन् ।