एकापसमा ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते

बुटवल, ट्रक आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायका अनुसार मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी छन् । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छेन ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन्।