भेटियो दुई टाउको भएको सर्प

नवलपरासी, नवलपरासीमा दुई टाउके सर्प भेटिएको छ। रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेका हुन् ।

करेत प्रजातीको दुई टाउको भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाको दाबी छ। दुई टाउके करे‌त भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेको अनुसन्धानकर्ता देवकोटाले बताए ।

त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित राखिएको छ।