यसकारण सापकोटाले दिए नेकपाबाट राजीनामा

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन् ।सोमबार एक विज्ञप्ति निकालेर सापकोटाले प्रतिनिधि सभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफुले राजीनामा दिएको जनाएका छन् ।

विज्ञप्तिमा राजनीतिक दलको सदस्यबाट अलग भएको कुरा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस भन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउदँछु ।’