यसकारण कोहलपुर नगरपालिकाको मुलगेटमै तालाबन्दी

कोहलपुर, कोहलपुर नगरपालिकाको कार्यालय मुलगेटमै १ घण्टा तालाबन्दी भएको छ । सोमबार राष्टमुखी निर्माण सेवाले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको ताला लगाएको हो ।

त्रिपुणा गण देखी गोरखा स्कुल हुँदै इन्देणी चोक सम्म जाने सडक निर्माणका लागी यस निर्माण सेवाले जिम्मा पाएको थियो । करिब २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा लिएको राष्टमुखी निर्माण सेवाले रनिङ्ग बिलमा ६५ लाख मात्र लिएको र बाँकी रकम नपाएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको राष्टमुखी निर्माण सेवाका प्रबन्धक निर्देशक गौरव रावले बताए ।

कोहलपुर नगरपालिका र निर्माण सेवा बिच भएको सम्झौता अनुसार सडक निर्माण गर्ने सम्झौता भएको थियो ।

कोहलपुर नगरपालिका जनप्रतिनिधी कर्मचारी र निर्माण सेवा कम्पनी बिच छलफल पश्चात केही दिन भित्रै बाँकी रकम दिने सहमती भएपछी १ घन्टापछी नगरपालिकामा लगाइएको ताला खोलिएको छ ।