कर्णाली- बाँके विद्यार्थी सम्पर्कमञ्च गठन अध्यक्षमा जैशी

नेपालगन्ज,कोहलपुर कर्णाली क्षेत्रबाट अध्ययनको शिलसिलामा बाँके बस्दै आएका विद्यार्थीहरुको भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च औपचारीक रुपमा गठन गर्दै जैशीको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको हो ।

शनिबार बाँकेको कोहलपुरमा २ सय बढि विद्यार्थीहरुको उपस्थितीमा मञ्चको तदर्थ समिति समेत चयन गरीएको छ । मञ्चको प्रथम भेलाले टोपराज जैशीको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा राजेश वली, उपाध्यक्षहरुमा धर्म शाही, दिपेन्द्र शाही र चरित्र शाही चयन भएका छन ।

त्यसैगरी सचिवमा लक्ष्मण मानव, कोषाध्यक्षमा कल्पना कार्की र सहसचिवमा क्रमशस् मनोज बुढाथोकी, राजन न्यौपाने, कमल बुढाथोकी, संगीता रोकाय चयन भएका छन । भेलाबाट डिल्ली शाही, चक्र बहादुर रावत, टापेन्द्र के।सी, काली बहादुर डाँगी, रविन्द्र दहाल, सन्तोष पुनमगर, प्रकाश मल्ल, प्रेम पुन, राजन बि।क, दिप जंग शाही, श्याम शाह, दिवस मगर, शुक्रराज शाही, धन बहादुर शाही, हेश रावल, खडक सिह ठकुरी, हरि विश्वकर्मा, सुमन विसी, चक्र अधिकारी, उत्तम महतरा, अन्जना शर्मा न्यौपाने, लक्ष्मण शाह, मोहन राना, करिश्मा केसी र सन्दिप शाहलाई सदस्यमा चयन भएका छन ।

कर्णाली प्रदेशबाट अध्ययनकालागि बाँके झरेका र यही बसोवास गर्दै आएका विद्यार्थीहरुलाई एकत्रित गर्ने उद्धेश्यले मञ्च गठन गरीएको तदर्थ समितिका अध्यक्ष जैशीले जानकारी दिए । यसैबिच शनिबार नै कर्णाली बिद्यार्थी समाज गठन गरीएको थियो । असन्तुष्ट पक्षले समानान्तर कमिटिका रुपमा समाज गठन गरेपनि भेलाले गठन गरेको कर्णाली बाँके विद्यार्थी सम्पर्क मञ्च नै आधिकारीक रहेको तदर्थ समितिका अध्यक्ष जैशीले दावी गरे । उनले असन्तुष्ट पक्षलाई मञ्चमा आउन समेत आग्रह गरेका छन । तत्कालकालागि गठन गरीएको तदर्थ समितिले केही समयभित्रै नयाँ कमिटि गठनको प्रक्रिया अगाडी बढाउने र कर्णालीका सम्पूर्ण विद्यार्थीहरुलाई एकतावद्ध गरी अगाडी बढ्ने जैशीले प्रष्ट पारे ।