यस्तो छ पुर्व माओबादीलाई सिध्याउने पर्दा पछाडिको भयानाक खेल

काठमाडौं,पछिल्लो समय सभाममुखको उम्मेदवार अग्नी सापकोटाको बिषयलाई लिएर पुर्व माओबादी बृत सशंकित बनेको छ । पुर्व सभामुख कृष्ण बहादुर महरा यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान भएपछि माओबादी बृतमा गतिलो बहस सुरु भएको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपनि दुवै पार्टी अन्तरहृदयबाट मिल्न नसकेका संकेतहरु प्रष्ट देखिएका छन ।

त्योसंगै पुर्व माओबादीका खम्बा प्रचण्डका दाहिने,देब्रे हात भनेर चिनिएका महरा र सभामुखको उम्मेदवार बनेका अग्नीप्रसाद सापकोटालाई बिभिन्न बहानामा बिवादीत बनाइएपछि पुर्बमाओबादीहरु एमाले चक्रब्युहमा फसेको भित्रि बहस सुरु भएको छ । सभामुख निर्वाचन प्रक्रिया अगाडि बढि सकेर पूर्व माओवादी नेता अग्नि सापकोटा निर्विरोध सभामुख हुने सुनिश्चित भइसकेको बेला पूर्व एमाले समूहका मिडिया र मानव अधिकारकर्मीहरू सल्बलाउन थालेको भान पुर्व माओबादीहरुले गरेका छन् । त्यसको मुख्य तार्गेट बनेको छ, प्रचण्ड निवास ।

पुर्व सभामुख कृष्ण बहादुर महरापछि प्रचण्डका खास मान्छे तथा विश्वासपात्र भनेर चिनिएका अग्नि सापकोटा सभामुख हुने निश्चित भएपछि त्यसलाई रोक्न भन्दै राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा नै दिएर चर्को विरोधमा उत्रिएको सा्रेतले बताएको छ । आगामी माघ १२ गते सापकोटा सभामुख घोषणा हुनुअघि पूर्व एमाले समूहका मानव अधिकारकर्मीले उनलाई रोक्न थुप्रै प्रयास गरिहेको माओबादीनिकट उच्च स्रोत बताउछ ।

प्याकुरेलले स्पष्ट रुपमै राजीनामा दिनुको कारणबारे खुलाउँदै सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ‘भोलि अग्नि सापकोटा सभामुख भएपछि शीतलसनिवासमै शपथ खुवाउनुपर्छ,’ प्याकुरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हिजो आफैंले मुद्दा हालेका व्यक्तिलाई कसरी शपथ खुवाउनु ?

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले राजीनामा मात्रै दिएका छैनन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो सापकोटालाई सभामुख हुन नदिने वा भइहाले पनि द्वन्द्वकालीन मुद्दामा फसाउने तयारीका साथ डिजाइन बनाउन लागिएको चर्चा नेकपा वृत्तमा चलेको छ ।

त्यतिबेला १७ हजार मान्छे मर्ने गरी भएको माओवादी विद्रोहबाट आएका सापकोटा सहितका नेताविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग रहेको छ । लामाकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध जाहेरी दिएकी छन् । २०७२ चैत २६ गते मानव अधिकारकर्मीको तर्फबाट सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा प्याकुरलेको नाम समेत छ । उतिबेला सापकोटाविरुद्ध खुलेरै लागेका प्याकुरेलले यो मुद्दा त्यसै नछाड्ने संकेत देखाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गर्दै प्याकुरेललाई प्रचण्डका खास मान्छे सिध्याउने अभियानमा सक्रिय हुन सहज बनाइदिएकी छन् । उनको राजीनामा शुक्रबार नै स्वीकृत भएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवका सल्लाहकारले समेत राजीनामा दिएपनि स्वीकृत नभएको ताजा इतिहास रहेको बेला राष्ट्रपति भण्डारीले तत्कालै राजीनामा स्वीकृत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सापकोटा प्रकरण थप जटिल बन्दै जाने अनुमान नेकपाभित्र सुरू भएको छ ।

 निशानामा प्रचण्ड ! यि हुन ६ सामान्य आधार

१.उप निर्वाचनमा नेकपालाई गतिलो झापड
२.बिप्लवका बिरुद्ध गृहमन्त्री बनाएर बादललाई प्रयोग गर्नु
३.कृष्ण बहादुर महरालाई जेल चलान
४.भरतपुर महानगरपालिका मेयर तथा प्रचण्ड पुत्री रेनु दाहाललाई बेला बेला बिवादमा ल्याइरहनु
५.एमसिसिमा कित्ता बिभाजित हुनु, माओबादी एक्लीनु
६.अग्नी सापकोटलाई जसरी पनि सभामुखबाट रोक्न खोज्नु  ।

यी सब क्रियाकलाप प्रचण्ड र पुर्वमाओबादीलाई सिध्याउने खेलका रुपमा रहेको चर्चा चलेको छ । जानकारहरुले नेकपा अर्को निर्वाचनसम्मा नेकपाकै स्थानमा नरहने समेत दावी गरेका छन । उनिहरुले एमसीसी प्रस्तावना नै नेकपा फुटको हड्डी भएको दावी गरेका छन । यसोत यस्तै यस्तै बिषयमा बेलाबेला पुर्वएमाले र पुर्वमाओबादी धार छुटिएर सामाजिक सञ्जालमा समेत पोखिन सुरु गरेका छन ।