प्राध्यापक-कर्मचारी हित सरोकार समिति बागेश्वरी क्याम्पसले बुझायो १३ बुदे मागपत्र

यस्ता छन माग

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा कार्यरत प्राध्यापक-कर्मचारीहरुको हकहित सरोकार समिति बागेश्वरी क्यापसले क्याम्पस प्रशासन समक्ष मागपत्र बुझाएको छ ।

शक्रवार समितिले क्यापस प्रमुख शिशिर कुमार शर्मा समक्ष क्याम्पसको समग्र बिकाश तथा प्राध्यापक-कर्मचारीहरुको पेशागत हकहित र अधिकार संरक्षण सम्बन्धि १३ बुदे मागपत्र बुझाएको हो ।

प्राध्यापक-कर्मचारी हित सरोकार समितीका संयोजक ज्ञानेन्द्र शाही, सदस्य तोयानाथ पहाडी, टेकेन्द्र कुमार महतरा, ललित प्रकाश चन्द, शिब प्रशाद रेग्मी, कृष्ण प्रसाद अधिकारी, प्रमोद सुवेदी, गोपिलाल शर्मा, रुक्मिणी काफ्लेको संयुक्त हस्ताक्षर रहेको १३ बुदे मागपत्रमा क्यापसलाई गुणस्तर प्रत्यायन तथा सुनिश्चितता प्रक्रिया ‘QAA’ ठोस रुममा अघाडि बढाउनु पर्ने, त्रिबि अन्तर्गतका यस क्यापसमा सन्चालित बिभिन्न संकायमा अध्यायनतर बिद्यार्थीहरुको स्तगन गरिएको आन्तरिक परिक्षा निरन्तर सन्चालन गरिनु पर्ने, बिबिए कार्यक्रमको लागी पहल गर्नु पर्ने, स्नातकोत्तर तह प्रथम सेमेस्टर प्रबेश परिक्षआ सहभागी हुन छुट विद्यार्थीहरुका लागी पुनस् प्रबेश परिक्षा र भर्नाको ब्यबस्था सहज बनाउनु पर्ने ।

त्यस्तै, क्यापसमा कार्यरत शिक्षकलाई पुर्णकालिन बनाउन, अस्थाई, करार तथा पुर्णकालिन शिक्षक वा कर्मचारीलाई स्थाई गरिनु पर्ने, क्यापसमा क्रियाशिल पेसागत तथा बिद्यार्थी संघ संगठन लगायतका सरोकारवालाहरु संघ समन्वय गरिनु पर्ने लगायतका मागहरु रहेका छन् ।

यस्तो छ मागपत्र