एसी मिलानको जीत रेबिकको गोलले

काठमाडौं, इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले पराजित गरेको हो।ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रेबिकले निर्णायक गोल गरेका थिए । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए जितसँगै मिलान लिगको छैटौं स्थानमा उक्लिएको छ । मिलानले २१ खेलमा ३१ अंक जोडेको छ । पराजित ब्रेसिया १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।