आर्मी र एनआरटीबीचको खेल बराबरीमा सकियो

काठमाडौं,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा आर्मी १० खेलाडीमा सीमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।