बान्निगढी जयगढ गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाइमा विवाद
प्रकासित मिति : २०७६ माघ १०, शुक्रबार २३:०६
प्रकासित समय : २३:०६
अछाम, अछामको बान्निगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा विवाद उत्पन्न भएको छ ।गाउँपालिकाको अार्थिक बर्ष ०७५/०७६ काे नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ क्रममा विवाद उत्पन्न भएकाे हाे ।
कार्यक्रममा सहभागिहरुले साेधेका प्रश्न हरुकाे जवाफ नअाउदा विवाद उत्पन्न भएकाे हाे ।
गाउँपालिकाले गत अार्थिक वर्षमा गरेका काम कार्वाहीकाे विषयमा राखिएकाे जिज्ञासाकाे जवाफनै नदिएर गाउँपालिका अध्यक्षले कार्यक्रम समापन गरेपछि विवादले थप उग्ररुप लिएको हो ।
यसवाट आक्रोशित स्थानीय वासिले स्थानीय सरकार गैरजिम्मेवार भएकाे वताए । साथै, जनताका सवालवाट स्थानिय सरकार भाग्न खाेजेकाे त्यहाका स्थानिय वासिन्दाको अाराेप लगाएका छन् ।