प्रदेश सांसद दीपक मनाङे पक्राउ

पोखरा, गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका थिए ।

पोखरामा जारी मुख्यमन्त्री कप ९फुटबल० प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए ।

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।