प्रदेश २ बाट राजपाका दुबै उम्मेदवार विजयी

काठमाडौँ, राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपाका दुबै उम्मेदवार विजयी भएका छन् ।राजपाका शेखर कुमार सिंह र मृगेन्द्रसिंह यादव विजयी भएका हु्न् ।

बिहीबार भएको मतगणनामा राजपाका शेखर कुमार सिंह ५५०२ मतभारसहित विजयी भएका हुन् । यस्तै काँग्रेसका भोला पजियार ४५१२ मतभार ल्याएर पराजित बने । 

यस्तै राजपाका मृगेन्द्र सिंह यादवले ५४ सय मत ल्याए भने अनिरुद्धले ४५१२ ल्याएर पराजित बने । प्रदेश नम्बर २ मा नेकपा र राजपाकाे गठबन्धन रहेकाे थियो । निर्वाचनमा नेकपाका दुइ उम्मेदवार पनि विजयी भएका छन् । यस हिसावले प्रदेश नम्बर २ काे ४  पदमा भएकाे गठबन्धन सफल भएको छ ।