हाम्रो गौरब हाम्रो मातृभूमि

छङ्छङग गर्दै छछल्किएका छहराहरु 
झुम्मझुम्म लहरिएका लता लहराहरु।

झरझर झर्ने झरना खलखल बग्ने खोला
सुन्दर शान्त प्रकृतिमा नरम्ने को होलारु।

स्वच्छन्द नाच्दछन डाँफे र मुनाल चारी
हाम्रा वनपाखा मनोरम१ क्या स्वर्गै सरी।

उफ्रिछन कस्तुरी वनमा सुगन्ध छर्दै छर्दै
गुनङुनाउदछन भ्रमरहरु भुंभुं भुंभुं गर्दै ।

रंगीचंगी फूलहरुमा घुम्दै माउरी रमाएको
सक्दछ कोरुबिर्सन कोहुंकोहुं कोइलीले गाएको ।

चाँदे झैं टल टल टल्किइरहने उत्तरमा हिमाल 
देख्दै अति सौम्य छिन् हाम्री मातृभूमि नेपाल ।

अन्नको भण्डार हो नि१दक्षिण हाम्रो तराई 
एउटै आमाका सन्तान हामी कोहि छैन पराई। ।

पूर्ब सीमा मेची नदि पश्चिम महाकाली 
वीरका सन्तति हामी स्वाभिमानी नेपाली ।।

सगरमाथा हाम्रो शान हो बिश्वकै शिर हो
बलिदानको गाता रच्ने नेपाली वीर हो ।

हाम्रै त हुन गौतम बुद्ध जनक पृथ्वी अनि 
शान्ति ज्ञान् र राष्ट्रको एकता दिए यिनले पनि ।

ज्यान दिन तयार छौं बरु पछि के हट्दछौ।
वैरी आई धावा बोले एकजुट भइ लड्दछौं ।

८ माघ२०७६, बुध्दनगर काठमाडौ