प्रचण्ड र पौडेलबीच खुमलटारमा भेटवार्ता

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ।

प्रचण्ड र पौडेलको छलफल सभामुख र उपसभामुखको निर्वाचन केन्द्रित भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए। ‘दुई नेताले पहिले देखि नै भेटघाट गर्न खोज्नु भएको थियो समय मिलेको थिएन,’ उनले भने, ‘अहिले वरिष्ठ नेता भारतबाट फर्के लगत्तै समय मिलाएर उहाँहरुले भेट गर्नु भएको हो।’ भेट वार्ताको क्रममा वर्तमान राजनीतिक अवस्था र सभामुख, उपसभामुखको निर्वाचनको सवालमा पनि छलफल भएको जनाइएको छ।