धादिङमा मिनी ट्रक दुर्घटना ७ जनाको मृत्यु ११ जना घाइते

काठमाडौ, धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो। मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।