राष्ट्रिय जागरण मञ्चका संयोजक लोहनी गिरफ्तार

काठमाडौँ, बुद्धिजीवी, बिश्लेषक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी गिरफ्तार भएका छन् ।सोमबार चितवनवाट बाटोमा हिडीरहेका बेला बिना जानकारी प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ ।

लोहनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्ब केन्द्रीय सदस्य समेत हुन् । भर्खरै उनलाई पार्टीले स्वास्थ्यमा असहज भएको बताउदै केन्द्रीय समितिबाट बिदा दिएको थियो ।

लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एसीसीका विषयमा बहस चलाउदै आएका थिए । लोहनी यस अघि पनि चितवनमै १३ दिन हिरासत बसेर छुटेका थिए ।