राजु लामाले ल्याए ‘बिहे नगरी भा’छैन’

काठमाडौं ,गायक राजु लामाको आवाज रहेको गीत ‘बिहे नगरी भा’छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावना समेटिएको छ । यस्तै गीतमा राजु लामा (मंगोलियन हर्ट) को आवाज तथा आरबी लामाको लय र संगीत सुन्न सकिन्छ ।भिडियोमा हेरुक लामा, निरञ्जली लामा, चाँदनी मोक्तान लगायतले अभिनय गरेका छन् । साथै भिडियोलाई हेरुक लामाले निर्देशन गरेका हुन् ।