प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

काठमाडौं,ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा ‘ह्विल लक’ गरिदिएको छ ।

अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा पार्किङ गरेका कारण प्रहरी गाडीलाई कारवाही गरिएको हो ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको महाशाखा प्रमुख भीम ढकालले बताए । उनले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाउने गरेको छ ।