पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

अर्घाखाँचीमा सोमबार पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।पोखरीमा डुबेर ज्यान गुमाउनेमा मालरानी गाउँपालिका–८ घर भएकी ५ वर्षीया क्रिष्टिना महत र छिमेकी जिल्ला प्युठानको प्युठान नगरपालिका घर भइ हाल सन्धिखर्क बस्ने ४ वर्षीया वर्षा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।अहिले दुबै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।