भेरी नगरपालिकाको काफलचौरमा बहुप्राविधिक शिक्षालय संचालन हुने

जाजरकोट । भेरी नगरपालिका जाजरकोटमा यसै शैक्षिक सत्रबाट बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना अनुसार भेरी नगरपालिकाको काफलचौरमा बहुप्राधिक शिक्षलय संचालन हुने भएको हो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीको निरन्तर पहलमा यहि पौष २८ गते बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले बहुप्राविधिक शिक्षालय संचालन गर्न अवश्यक पर्ने जग्गा प्राप्तीका लागि सरकारले स्वीकृती प्रदान गरेको छ । उक्त बैठकले भेरी नगरपालिका काफलचौर स्थित ११ हजार १ सय नब्बे दशमलव २९ वर्गमिटर जग्गा प्राप्तीका लागि स्वीकृती प्रदान गरेको हो । मन्त्रीपरिषदको बैठकको यो निर्णय संगै नगर प्रमुख घर्तीको प्राविधिक शिक्षालय स्थापना गर्ने सपना पुरा हुने भएको छ ।

CTEVT अन्तरगत संचानल हुने बहुप्राविधिक शिक्षालयमा यसै शैशिक वर्ष देखि वन, कृषि र इन्जिनियरिङ्ग तर्फ डिप्लोमा तहको पढाई सुरु हुने नगर प्रमुख घर्तीले जानकारी दिए । स्थानीय स्तरमा प्राविधिक शिक्षालय स्थापना भइ घरमै बसेर प्राविधिक शिक्षा हासिल गर्न पाउँदा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीर्लाइ राहत हुनेछ ।

आफ्ना छोराछोरीलाई प्राविधिक शिक्षा हासिल गर्नका लागि महंगो शुल्क र अन्य खर्च गरेर जिल्ला बाहिर पठाउन नसक्ने अविभावकहरुले समेत अव प्राविधिक शिक्षा पढाउन सहज हुने नगर प्रमुख घर्तीले बताए । गाउँमै बहुप्राविधिक शिक्षालय स्थापना हुदाँ सबैले प्राविधिक शिक्षा हासिल गर्न सक्ने र त्यस्ले दक्ष जनशक्तीलाई स्वरोजगार बनाई व्यरोजगारी अन्त्य गर्नमा पनि टेवा पुग्ने उनको भनाई छ ।

सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना ल्याएपनि त्यस्का लागि आवश्यक पर्ने जग्गा तथा अन्य भौतिक संरचनाको व्यवस्थापन गर्न नसक्ने भएका कारण कतिपय स्थानीय तहहरुले त्यो योजना सफल बनाउन सकेका छैनन् । तर आफ्नो बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि गरिएको निरन्तर पहलले सार्थकता पाएकोले खुशि भएको नगर प्रमुख घर्तीको भनाई रहेको छ।

मन्त्रीपरिषदको बैठकको यो निर्णय संगै भेरी नगरपालिका जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने पहिलो स्थानीय तह बन्न सफल भएको छ ।