बिद्यमान ति कुरिती अनि कुसंस्कार फेर्नसकुँ
प्रकासित मिति : २०७६ पुस २९, मंगलवार १८:३५
प्रकासित समय : १८:३५
फेर्नसकुँ एकदिन ति गाउँका अनुहार फेर्नसकुँ,
बिद्यमान ति कुरिती अनि कुसंस्कार फेर्नसकुँ ।
कर्णाली र सुदुरपश्चिमका अमुल्य सम्पत्तिहरु,
ओझेलमा परेका भनिने ति समाचार फेर्नसकुँ ।
भाषण गरेरै सबैथोक पुग्छ भन्नेहरुका अगाडि,
हामी उद्यमशिल बन्नुपर्छ भनेर व्यवहार फेर्नसकुँ ।
बाह्रै महिना काम गरेर पेट नै नभरिनेहरुको लागि,
अब उप्रान्त भोक प्यास संगसंगै शृङ्गार फेर्नसकुँ ।
नुनको स्वाद लिन पनि छिमेकिको मुख ताक्नु पर्ने,
यो अस्वस्थ प्रतिस्पर्धात्मक बजार फेर्नसकुँ ।
कोहलपुर