अनेमसंघ क्रान्तिकारी बाँकेको ११अौ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा क्षेत्रि

नेपालगन्ज, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बाँकेको ११ अौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सोमबार नेपालगन्जमा सम्पन्न सम्मेलनले अस्मिता क्षेत्रिको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति चयन गरेको हो ।

पुर्ण महिला मुक्ति र बैज्ञानिक समाजबाद प्राप्तिको लागी एकिकृत आन्दोलन, महिला उत्पिडन र दलाल पुजिपतिशक्ताको बिरुद्ध ११अौ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न भएको सम्मेलनको प्रमुख अथिती संगठनकी केन्द्रीय सदस्य तथा भेरी-कर्णाली संयोजक शान्ति रहेकी थिइन । त्यसैगरी कार्यक्रमका बिशेष अथिती नेपाल कम्युनिस्ट पार्टी बाँकेका सेक्रेटरी सुनिल सिंह लगायतका अन्य अथितिहरु सहभागी थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरु नेलाली महिलाहरु हरेक खाले शोषण, दमन र उत्पिडनबाट अझैपनि मुक्त हुन नसकेकोले निर्णायक महिलामुक्ति आन्दोलनको आवस्यक्ता महशुल गरिएको र त्यो एकिकृत जनक्रान्तिबाट मात्र हल हुने बताए ।