सार्वजनिक बसमा हस्तमैथुन गर्नेज एक युवक पक्राउ

काठमाडौं,सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् ।

उनलाई चितवनबाट पक्राउ गरिएको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।भिडियोमा लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

यही भिडियोका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो । युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ ।उनले यो हर्कत गरेको स्वीकारेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए ।उनीमाथि लागेको अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ ।