बाजुरामा पक्राउ गरेका विप्लव समूहका १६ कार्यकर्ता कारगार चलान

काठमाण्डौ – गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । 

बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । कारागार चलान हु्नेमा विप्लवका केन्द्रीय नेता चुडामणि पौडैल, राजेशकुमार शाही, नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंँह छन् ।उनीहरुमध्ये ११ जना पुरुषलाई  बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा राखिएकाे प्रहरीले जनाएको छ ।