कार दुर्घटनामा गायक निशान भट्टराईको निधन

बानेश्वर,तीनकुने सडकखण्डमा रहेको बिजुलीको पोलमा ठोक्किएर भट्टराईको कार दुर्घटनामा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा सख्त घाइते भएका भट्टराईको मंगलबार बिहान वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको एसपी श्रेष्ठले बताए।भट्टराईले गाएका ‘कामनाले भरिएको ’,‘माया गर माया गर’, ‘हेर धरती’लगायत गीत लोकप्रिय छन्। उनले २०४० को दशकको सुरुवातमा रेडियो नेपालमा गायकका रुपमा काम गरेका थिए।गजल गायकीमा पहिचान बनाएका भट्टराई चर्चित गायिका लोचन भट्टराईका भाइ हुन् ।