आफ्नै दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जन्मकैद

आफना दुई छोरालाई विष खुवाई हत्या गर्ने आमालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ ।

घरेलु झगडामा दैलेख महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीले दुई छोरालाई विष खुवाई हत्या गरेकी थिइन् । सोमबार जिल्ला न्याधिश दण्डपाणी लामिछानेको ईजलासले सो फैसला सुनाएको हो ।२०७५ कार्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजामा विष मिसाएर खुवाउँदा उनका ७ बर्षीय छोरा आयुष नेपाली र ३ बर्षीय छोरा अमित नेपालीको मृत्यु भएको थियो ।

विष लागेको थाहा पाएपछि स्थानीयबासीले अस्पताल लैजाँदै गर्दा आयुषको बाटोमा र अमितको २०७५ कार्तिक १५ मा कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्तिक १६ गते दिएको जाहेरीमा आफन्तले आमाको नाममा जाहेरी दिएका दर्ता गराएका थिए ।

दुईवटैको शव परिक्षण प्रतिवेदनबाट विष खुवाएर नाबालकको मृत्यु भएको उल्लेख गरिएको छ । कार्तिक २० मा आरोपित आमा कल्पनालाई हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान लिएको मुद्दा चलाएको थियो ।