स्वामी शिवानन्द प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७६ पुष २८, सोमवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं ,प्रहरीले शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द पक्राउ परेका हुन् ।

शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार पक्राउ गरेको हो ।शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए । शिवानन्दको टौदहमा आश्रम रहेको प्रहरीको दाबी छ ।

