फरार अभियुक्त पक्राउ

बारा,जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला अदालत बाराले ०७२ चैत २१ गते उनीमाथी जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद फैसला गरेको थियो । उनलाई लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको छ ।