नापी सर्भेक्षक घुसहित पक्राउ

काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहलाई सेवाग्राहीसँग लिएको रु सात हजार घुससहित नियन्त्रणमा लिएको छ ।

जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि उहाँले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।