बैजनाथमा माघि मिलन कार्यक्रम संम्पन्न

बाँके, थारु समुदायको महत्वपुर्ण पर्व माघीको अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।यसैको अवसर पारेर बाकेको बैजनाथ गाउपालिकाको वडा न. ५ मा भव्य रुपमा माघि मिलन कार्यक्रम सँम्पन्न गरीएको छ ।

माघि मिलन कार्यक्रममा शान्ती लोकतन्त्र संघियता स्वाभिमान सुखी नेपाली सम्बृद्धी नेपाल हाम्रो अभियान भन्ने मुल नाराका ‘माघी मिलन’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक नाच प्रस्तुत गरिनुका साथ स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती रहको थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमकी प्रमुख अथिती एवम सत्तारूढ दल नेकपाकि केन्दीय सदस्य शान्ता चौधरीले हामीले मनाउने जुनसुमकै पर्व हर्षउल्लाहसका साथ रमाईलो गरी तडक भडक नगरी सरल तरकारीले मनाउन आग्रह गरिन ।

यस्तै विशिष्ट अथिती प्रदेश सासंद उषा पुन गहतराजले थारुहरुको महान पर्व माघिलाई प्रथामिक्ताका साथ अगाडि बढाउदै जाने र आगामी दिनमा पनि आफनो कला र संस्कृतिलाई जोगाई राख्न जरुरी रहेको बताईन ।