फेरि चितवनमा मृत गैंडा फेला

चितवन ,चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।

 

रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो भन्ने बिषयमा बारेमा केहि खुल्न सकेको छैन । गैंडा ५/७ दिनदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ

अहिले गैंडालाई पानीबाट निकाल्नका लागि स्काभेटरको प्रयोग गर्न लागिएको छ ।यो महिना मात्र चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिसके । पुस २० गते रतौलको मध्यवर्ती जंगल नजिकको तोरीबारीमा गैंडा मृत भेटिएको थियो ।चालु आर्थिक वर्षमा यो सँगै ७ वटा गैंडा कालगती र विभिन्न कारणले मरेका छन् ।