गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं– काठमाडौँको गोंगबुबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । कारमा हतियार लुकाइएर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शनिवार गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई ६ वटा गोली लाग्ने पेस्तोलसहित पक्राउ गरेको हो ।