ट्राफिक व्यवस्थापनमा मन्त्री मानन्धरको चासो

काठमाडौं,ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन्। मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरूले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताए।

सुरुमा सिंहदरबार र बानेश्वरमा परीक्षणका रूपमा उक्त सामग्री प्रयोग गरिने छन्। ट्राफिकलाई प्राप्त सामग्रीको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए।