जाजरकोटकोबिच बजारमै भेटियो बम

जाजरकोट, जाजरकोटको सदरमुकाम ठाटि बजारमा बम भेटिएको छ । बुधबार राति अज्ञात समुहले जाजरकोटको बिच बजारमा बम राखेको हो ।राती अज्ञात समुहले बिच बजारमै रहेको सिटिजन बैङ्क नजिकै रहेको मालिका कानुनि सेवा र छिमेकी बितिय सहकारी संस्थाको गेटमै बम भेटिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पुगेको छ । बम कस्ले र किन राख्यो भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने आशंका गरिएको छ ।