नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन- समावेशी प्यानल घोषणा

नेपालगन्ज,बाँके उद्योगी, व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले आफनो उम्मेदवारी घोषण गरेको छ । संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवार घोषणा गरेको हो ।

उक्त प्यानलको उपाध्यक्ष वाणिज्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष उद्योग तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन । सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन । त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहेका छन ।

उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले उद्योगी, व्यवसायीको हकहितमा अनबरत खटने बताए । उनले नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

उनले भने –‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखे्रल, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, भाष्कर काफ्ले व्यवसायीक हितमा निरन्तर खटिन सक्ने सामाथ्र्य राख्ने उम्मेदवार उठाएको बताउँदै सहयोग गर्न आग्रह गरे ।