आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु
प्रकासित मिति : २०७६ पुस १६, बुधबार ०९:२२
प्रकासित समय : ०९:२२
काठमाडाैं,इस्वी संवतको नयाँ वर्ष सन् २०२० बुधबारदेखि सुरु भएको छ। विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन्।

ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन्।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। नयाँ वर्ष सुरु भएलगत्तै विश्वभरका मानिसहरुले हर्षोल्लासका साथ भव्यरुपमा अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन्।

