८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत

काठमाडौं,लगानी बोर्डले ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको बोर्ड बैठकले विभिन्न ३ जलविद्युत आयोजनाका लागि आउने ८५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

माथिल्लो त्रिशुली–१ का लागि ६५ अर्ब रुपैयाँ, मर्स्याङ्दी बेसी जलविद्युतका लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ नेपाल ल्याउने बाटो खुला भएको बोर्डका प्रवत्ता बलराम रिजालले जानकारी दिए ।

माथिल्लो त्रिशुली थ्री -बी जलविद्युत आयोजनाको ८ अर्ब २२ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।