कस्तुरीको बीनासहित नयाँ बसपार्कबाट एकजना पक्राउ
प्रकासित मिति : २०७६ पुष १३, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,प्रहरीले कस्तुरीको बीनासहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यलय रानीपोखरीबाट खटिएको टोलीले कस्तुरीको बीना जस्तो देखिने वस्तुसहित एकजनालाई पक्राउ गरेको हो।

प्रहरीले आइतबार साँझ गोंगबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका-७ का ३८ वर्षीय श्याम राईलाई चाबहिल गणेशस्थानबाट कस्तुरीको बीनासहित पक्राउ गरेको हो।
शंका लागेर चेकजाँच गर्दा प्रहरीले राईको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अवस्थामा बीना बरामद गरेको हो। घटनाबारेमा महानगरीय प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ।

